Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल हस्तकला महासंघ स्थापनाको स्वर्ण बर्षमा प्रवेश

नेपाल हस्तकला महासंघ स्थापनाको स्वर्ण बर्षमा प्रवेश

नेपाल हस्तकला महासंघले आफ्नो स्थापनाको स्वर्ण बर्षमा प्रवेश गरेको छ । उक्त स्वर्ण बर्ष उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवम उपराष्टपति नन्दकिशोर पुनले नेपाली उत्पादनलाई बिश्वसामु चिनाउदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उहाले नेपाली हस्तकला बस्तुहरुको निर्यात बढाइ व्यापार घाटा कम गर्न सकिने पनि बताउनुभयो । यसका लागि नेपाली बस्तुहरुको उत्पादनमा जोड दिनुपर्ने साथै यसका लागि सरकारले हस्तकला छेत्रको बिकार र प्रबर्द्धनका लागि विशेष सहयोग गर्ने बनाउनुभयो ।उक्त उद्घाटन कार्यक्रममा महासंघ का अध्यक्षले नेपाली बस्तुहरु प्रबर्द्धनका लागि सरकारी पक्ष बाट विशेष ध्यान दिन अनुरोध गर्नुभएको छ । अहिले मुलुकको अर्थतन्त्र बिस्तारै अघि बढेको र महासंघले पनि यहि महिनाको शुरूवातमा १८ औ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिता गर्नुका साथै आगामी दिनमा प्रदेश न २ को लागि मिथिलाग्राम निर्माणका लागि पनि महासंघ जुटेको अध्यक्ष ले बताउनुभएको छ । सोही कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष सागरशम्शेर राणा तथा संस्थापक सदस्य मोतिलाल सिल्पाकारलाई सम्मान गरिएको थियो । यसैगरी महासङको बिशेष स्मारिका प्रमुख अतिथी एब उपराष्टपतिले लोकार्पण गर्नुभएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x