Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वार्षिकोत्सवको अवसरमा छुट तथा क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वार्षिकोत्सवको अवसरमा छुट तथा क्यासब्याक

काठमाडौँ, १५ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ ।

बैंकले वार्षिकोत्सवको मौका पारेर ग्राहकहरुलाई आज पुस १५ गतेबाट माघ १५ सम्म १ महिनाका लागि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने भएको हो ।

यसका साथै, वार्षिकोत्सवकै अवसरमा ग्राहकहरुलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा ईकम कारोबारमा १५ प्रतिशत अथवा ३०० रूपैयाँसम्म क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ । पुस १७ गतेदेखि लागू हुने क्यासब्याक योजना सीमित अवधिका लागि रहनेछ ।

ग्लोबल आईएमई बैंकको ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x