महंगो भयो सुन–चाँदी

काठमााडौं, २१ पुस । साताको चौथो दिन बुधबार सुन र चाँदी महंगो भएको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
बुधबार चाँदी १० रुपैयाँले महंगो भई प्रतितोला मूल्य १ हजार २ सय ६० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।