Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

नेपाल आउने विदेशी पर्यटकको संख्या कम

नेपाल आउने विदेशी पर्यटकको संख्या कम

काठमाडौं, २१ पुस । सन् २०२१ मा नेपाल आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ ।
सो वर्ष १ लाख ५० हजार नौ सय ६२ जना पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सो संख्या गत ४४ वर्षयताकै कम रहेको बोर्डले दाबी गरेको छ ।

सन् १९७७ मा एक लाख २९ हजार ३ सय २९ पर्यटक नेपाल आएका थिए । त्यसपछिका वर्षहरूमा पर्यटक संख्या निरन्तर बढेर वार्षिक झन्डै १२ लाख पुगेको थियो ।

हालसम्मकै सबभन्दा धेरै पर्यटक सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए ।

पर्यटक संख्या बढ्दै गएसँगै सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा घोषणा पनि गरेको थियो। भ्रमण वर्षका सुरूका तीन महिनामा पर्यटक आवगमन पनि राम्रो देखियो।

गत नोभेम्बरमा लकडाउन खुलेपछि १ हजार ९ सय ५६ र डिसेम्बरमा ४ हजार २ सय ४३ जना पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२० को सुरूका ३ महिना पर्यटक संख्या एकदमै राम्ररी बढिरहेको भएपनि लकडाउनमा हवाइ र स्थलमार्ग सबै बन्द भएकाले पर्यटक आवगमनमा बाधा आएको
पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले जानकारी दिए ।

नयाँ वर्ष, सन् २०२२ मनाउन यसपालि नेपाल आएका बाह्य पर्यटकको संख्याले थुप्रै बाह्य पर्यटक, विशेषगरी भारतीयहरू नयाँ वर्ष मनाउन त्यो बेला पनि नेपाल आउने तयारीमा थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x