Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी

काठमाडौं, २७ पुस । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी नियुक्त भएका छन् । उनी यस बैंकमा एक वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

गिरीले नेपाल बंगलादेश बैंक, सनराइज बैंकमा काम गरेका थिए भने कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सल डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् ।

गिरीको बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव छ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको २४ वटा शाखा छ ।

उनले आफ्नो ज्ञान र अनुभवका आधारमा बैंकको व्यवसाय वृद्धि गरेर लगानीकर्तालाई उच्चतम प्रतिफल दिने प्रतिबद्धता जनाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x