स्थानीय तहको निर्वाचन बैशाखमा गर्ने तयारी, १० अर्बभन्दा बढी खर्च हुने अनुमान
काठमाडौं, ५ माघ । आगामी जेठ ५ गते स्थानीय तहका पदाधिकारीको समयावधि सकिदैछ । त्यसका लागि अबको केही दिनमा बैशाखमा स्थानीयतहको निर्वाचन गर्न मिति तोक्नुपर्ने हुन्छ । उक्त निर्वाचनका लागि १० अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने अनुमान छ ।
मतदाता शिक्षा, मतपत्र, मतदान केन्द्र, बुथ, सुरक्षाकर्मी, कर्मचारी व्यवस्थापन लगायतका शीर्षकमा खर्च हुने जनाइएको छ। सरकारले मिति तोके खर्चदेखि व्यवस्थापन गर्न सजिलो हुने आयोगले जनाएको छ । त्यसका लागि १ सय २० दिनको समय आवश्यक पर्छ ।
जेठ अघि नै जसरी पनि स्थानीय तहको निर्वाचन हुनै पर्छ । अर्कोतर्फ कोरानोको तेस्रो लहरले देशलाई आक्रान्त बनाइरहेको छ । बैशाखसम्म सक्रमण घट्ने लक्षण देखिदैन । यही अवस्थामा निर्वाचन भए के गर्ने भन्ने अन्योल बढ्दै गएको छ । कोभिडकै बिचमा निर्वाचन गर्नु पर्ने बाध्यताको कारण २०७४ को निर्वाचन भन्दा खर्च बढ्ने निश्चित छ ।
यसअघि २०७४ मा स्थानीयतहको निर्वाचनमा ८ अर्ब भन्दा बढि खर्च भएको थियो । निर्वाचित जनप्रतिनिधिहरुको अवधि सकिन अब ४ महिना मात्र बाँकी छ । स्थानीय तहको निर्वाचन मिति नतोकिएपनि आयोगले भने वैशाख १४ र २२ गते दुई चरणमा वा २२ गते एकैचरण निर्वाचनको प्रस्ताव गरेको छ ।