Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कामना सेवाले गर्‍यो करिब १ अर्ब खुद सञ्चालन आम्दानी

कामना सेवाले गर्‍यो करिब १ अर्ब खुद सञ्चालन आम्दानी

काठमाडौं, ५ माघ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धिसहित करिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८.९२ अर्ब पुगेको छ भने कर्जा ४४.९० अरब पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९ प्रतिशत र १०.९८ प्रतिशतले बढेको हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२ प्रतिशत कायम गरेको छ भने प्रति शेयर आम्दानी २१.८७ रहेका छ । बैंकको हालको चुक्तापूँजी ३.१४ अर्ब र जगेडा कोषमा ९.६७ करोड रहेको छ । साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १.७९ प्रतिशत रहेकोमा यस त्रैमासिक सम्ममा १.७७ प्रतिशतमा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रतिशेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७ प्रतिशत छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x