Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निजी क्षेत्रलाई सरकारको आश्वासन- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन

निजी क्षेत्रलाई सरकारको आश्वासन- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन

काठमाडौं,६ माघ । अर्थमन्त्री जनार्दन शर्मा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकार तत्काल आर्थिक गतिविधिमा प्रतिवन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

बुधबार बैंक, बीमा, नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन, होटेलसहित अर्थतन्त्रका विभिन्न अवयवमा सरोकार राख्ने निजी क्षेत्रका प्रतिनिधि डाकेर अर्थमन्त्रीले यस्तो आश्वासन दिएका हुन । छलफलमा कोभिडको दोस्रो लहरपछि खुला भएको गतिविधिका कारण आर्थिक क्षेत्रमा उत्साहजनक चलायमान देखिएको भन्दै यसलाई कायम राख्नु पर्ने निष्कर्ष निकालिएको छ । यस क्रममा कोभिड १९ को नयाँ भेरियन्टबाट बच्न मापदण्ड भने कडाईका साथ पालना गर्नुपर्ने निष्कर्षमा समेत छलफल भएको छ ।

पछिल्लो समय संक्रमण बढेसङै पुनः लकडाउन हुने हो कि भन्ने चिन्ता बढेकाे छ । उसैपनि संक्रमण बढेपछि काठमाडौंउपत्यका सहित देशका विभिन्न स्थानको आर्थिक क्रियाकलाप प्रभावित बनेको छ । स्कुल, कलेज लगायतका शैक्षिक संस्थान बन्द छ भने सपिङ्ग मल लगायतका क्षेत्रमा पनि बढी भिडभाड गर्न बन्देज लगाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x