उर्जाक्षेत्रका वर्तमान समस्याको विषयमा इपानको छलफल
टि आर गौतम काठमाण्डौं , ६ फागुन । स्वतन्त्र उर्जा उत्पादक संस्था (इपान) नेपालले उर्जा व्यवसायीहरुको भ्याट छुट र वर्तमान समस्याका विषयमा छलफल गरेको छ ।
व्यवसायीहरुको लागी भ्याट छुटको विषयमा र वर्तमान समयमा उर्जा क्षेत्रमा देखिएका समस्याहरुको बारेमा अर्थमन्त्री र सांसदहरु संग छलफल भएको बताइएको छ । कार्यक्रममा सम्पति लागत गणना , सम्पतिमा समावेश हुने खर्च , सम्पतिको कर लाग्ने मूल्य गणना , सम्पति पहिचानको समयावधि जस्ता विषयमा चार्टर एकाउन्टेन घनश्याम पाण्डे बोलेका थिए ।
गौरिशंकर क्षेत्रका आयोजना सरकारको एउटा निकायले काम संञ्चालन गर्न इजाजत दिएको र अर्को निकाएले रोक्न लगाएको विषयको बारेमा इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले आपत्ति जानएका छन् । सरकारले कुन उद्देश्यले काम रोक्न लगाएको हो थाहा छैन सामान्य लगानीको क्षेत्र नभएको हुनाले लगानी गर्ने व्यवसायिहरु चिन्तित रहेको उनले बताए ।
कार्यक्रमा विभिन्न व्यवसायी तथा उद्योगीहरु उपस्थित थिए । निजी विकासकर्ताहरु र विधुत् उत्पादकहरुको मालिकहरुको संस्था इपानले उत्पादनमा संलग्न निजी क्षेत्र र सरकारी संस्थाहरुलाई जोड्ने काम गरेको सो कार्यक्रममा बताइएको छ ।