Date

बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

नेपाल–भारत ऊर्जा बैठक आज

नेपाल–भारत ऊर्जा बैठक आज

काठमाडौं, ११ फागुन ।नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न बुधबारदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै छ । आज राजधानी काठमाडौमा समितिअन्तर्गतको संयुक्त कार्यदलको बैठक र बिहीबार निर्देशक समितिको बैठक बस्ने तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

भोली हुने निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले गर्ने छन् भने भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्ने जनाइएको छ ।
यस पटकको बैठकमा दुई देशबीचको विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माणदेखि नीतिगत समस्याका विषयमा छलफल हुनेछ । प्रत्येक छ महिनामा बस्ने प्रावधान रहेको यो बैठक एक वर्षअघि भर्चुअल रूपमा सम्पन्न भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *