Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निजी क्षेत्रका समस्या समाधानमा जोड

निजी क्षेत्रका समस्या समाधानमा जोड

काठमाडौं, ८ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य बस्तुगत संघका पदाधिकारीहरूले आफना क्षेत्रका समस्या समाधानमा सहयोग गर्न महासंघसमक्ष आग्रह गरेका छन् । महासंघको वस्तुुगत परिषद्द्वारा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा आयोजना गरिएको बधाई एवं शुुभकामना आदान प्रदान कार्यक्रममा सहभागी संघका अध्यक्षहरूले सो आग्रह गरेका हुन् ।

हालै निर्वाचन सम्पन्न भएका महासंघका वस्तुुगत सदस्य संघहरु नेपाल निर्यात परिषद्, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल वोटल वाटर उद्योग संघ, नेपाल मुद्रा विप्रेषक संघ, रेष्टुरेन्ट एण्ड वार एसोसिएसन, नेपाल र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष एवं पदाधिकारीहरूलाई एक कार्यक्रमका बीच स्वागत एवं वधाई दिइएको थियो ।

कार्यक्रममा आफना क्षेत्रका वारेमा कुरा राख्दै निर्यात परिषदका अध्यक्ष रेशम बहादुर पोखरेलले वस्तु विकास गरौं र निर्यात बढाऔं भन्ने कुरालाई एक अभियानका रुपमा अगाडी लैजान एक्लै नसकिने हुंदा यसमा महासंघको वलियो साथ आफ्नो संस्थाले खोजेको बताए । कच्चा पदार्थमा लाग्ने भन्सार महसूल, चर्को बैंक व्याजदर, ट्रान्जिटका लागि पाउने सुविधाहरू लगायतका विषयहरूमा पनि महासंघले पहल गरिदिन उनले जोड दिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आप्mना हक, हितको संरक्षण एवं समस्याहरूको समाधान गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले महासंघको साथ एवं सहयोग जरुरी भएको बताए । हाल निर्माण सामाग्रीमा भएको मूल्य बृद्धिलाई सम्बोधन गर्न सरकारसंग अनुरोध गरिएको र यसमा नेपाल उद्योग वाणिज्य महासंघको पहलको आवश्यकता रहेको जानकारी दिए । साना उद्योगी व्यवसायीको हितका लागि सामूहिक ऐक्यवद्धता आवश्यकतामा उनले जोड दिए ।

नेपाल बोटल वाटर उद्योग संघका महासचिव गोकुल थापाले उद्योग संचालन गरेवापत फौजदारी अभियोगमा मुद्दा खेप्नु परेको अवस्था रहेकाले समस्या समाधानमा महासंघले पहलगर्नुपर्ने सुुझाव राखे ।

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष निरु रायमाझी खत्रीले महासंघसंगको सहकार्यले महिला उद्यमी महासंघ, नेपालले उचाई लिन सफल भएको बताए । नीतिगत व्यवस्था, वित्तिय पहुंच, बजार प्रवद्र्धन, क्षमता अभिबृद्धि लगायतका विषयहरूमा सरकारसंग पहल गर्न महासंघको साथ र सहयोग आवश्यक भएकोमा जोड दिए ।
नेपाल विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले विपे्रषण भित्र्याउन निजी क्षेत्रको ठूला भूमिका रहेकाले यसलाई सबल बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने सुुझाव दिए । रेष्टुरेन्ट एण्ड वार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले दैनिक १०÷१२ करोडको कारोबार हुने रेष्टुरेन्ट एण्ड वार व्यवसायलाई सरकारले उद्योगको मान्यता नदिएकोमा दुखेसो पोखे ।

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाले पशुपंक्षीको औषधि व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरू समस्यै समस्याको भूमरीमा फसेको अनुभूती भएकाले महासंघको ठूलो साथ र सहयोगको खा“चो रहेको बताए । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सदस्यहरूका समस्या समाधान र नीतिगत सुुधारमा महासंघ सधै सदस्यहरूसंगै रहेको बताए ।

वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले सदस्य संघहरुलाई महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउनुु भयो ।

सरकारले उद्योग व्यवसायसंग सम्बन्धित २ दर्जनभन्दा बढि ऐनहरू परिमार्जन ग¥यो तर यसमा उद्योगी व्यवसायीहरूलाई दण्ड र सजायका कुराहरुमा मात्र बढी जोड दिइएको देखियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x