Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

निर्वाचन आयोगले तोक्यो निर्वाचन अधिकृत

निर्वाचन आयोगले तोक्यो निर्वाचन अधिकृत

काठमाडौं, १३ चैत । देशै भरीका स्थानीय तहमा निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अन्य ६७६ जना निर्वान अधिकृत तोकेको आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।


यस्तै आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको आयोगले बताएको हो ।


आयोगले सबै निर्वाचन अधिकृतलाई आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र अभिमुखीकरण तालिम दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते शुक्रबारका दिन हुँदै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x