Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

२०.०३ प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमामा आवद्ध

२०.०३ प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमामा आवद्ध

काठमाडौं, २५ चैत । विसं २०७२ मा कैलाली जिल्लाबाट सञ्चालन भएको स्वास्थ्य बीमा अहिलेसम्म ५३ लाख चार हजार २७० जनाले मात्र गरेका छन् । अर्थात कूल जनसङ्ख्याको २०.०३ प्रतिशत जनसङ्ख्याले मात्र बीमा गरेका छन् ।

तीमध्ये २० लाख ८९ हजार ५९९ जना अर्थात (३९.३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन् । बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका पाइएको छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताए।

तीन हजार ५०० रुपैयाँको वार्षिक बीमा गरेवापत एक लाख बराबरको स्वास्थ्य उपचार उपलब्ध हुन्छ । बोर्डले ४४१ सरकारी र निजी अस्पतालमासँग बीमा गरेवापतको स्वास्थ्य उपचारका लागि सम्झौता गरेको छ । बोर्डले बीमा कार्यक्रममार्फत अति गरिब, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपाङ्गता भएकालाई सरकारले नै बीमाको रकम उपलब्ध गराउने गरेको छ ।

नेपालमा अहिलेसम्म १५ लाख आठ हजार ५१४ बीमित परिवारले बीमा कार्यक्रममा सहभागी रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x