Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

निलम्बित गर्भनर अधिकारी ‘त्यो फटाहा’ अर्थमन्त्री शर्माको गाली

निलम्बित गर्भनर अधिकारी ‘त्यो फटाहा’ अर्थमन्त्री शर्माको गाली

काठमाडौं, २९ चैत्र । अर्थतन्त्रमा देखिएको समस्या, केही दिनअघि मात्रै हटाइएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आगामी चुनावका बारेमा छलफल तथा त्यसका लागि आवश्यक रणनीति बनाउन गठबन्धन बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा डाकेको गठबन्धनको बैठकमा सरकारका मन्त्रीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, समाजवादी र कांग्रेसका नेता उपस्थित थिए ।

अर्थमन्त्री जनार्दन शर्माको विशेष पहलमा केही दिनअघि मात्रै निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीको विषयले बैठकमा प्रवेश पाउनासाथ शर्माले अधिकारीलाई लक्षित गर्दै ‘त्यो फटाहा’ भन्ने तुच्छ शब्दावली प्रयोग गरेका के थिए । कांग्रेसका नेताहरुले उनको भनाइको प्रतिवाद गरे ।

‘गभर्नर हटाउनुपर्ने के त्यस्तो अवस्था आइलाग्यो ? केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच मनमुटाव हुन्छ । नेपालमा मात्रै होइन, संसारभर अर्थ मन्त्रालयसँग टसल परिरहन्छ । व्यक्तिगत इच्छा पूरा गर्न गभर्नरले सहयोग गरेनन् भनेर उनैलाई हटाइदिने ?’
कांग्रेस नेताहरुले अर्थमन्त्रीलाई प्रश्न गरेका थिए ।

अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर दबाबमा छ । विदेशी मुद्रा सञ्चिति जोगाउने सन्दर्भमा अर्थमन्त्री गम्भीर देखिएका छैनन् । अनावश्यक वस्तुको आयात रोक्न सरकारले कुनै पहलकदमी पनि लिएको छैन । यद्यपि यस्तो बेला गभर्नर अधिकारीले धेरथोर अर्थतन्त्र जोगाउने प्रयास गरिरहँदा उनैमाथि सांघातिक हमला हुनु उचित नभएको भन्दै बैठकमै अर्थमन्त्रीको चर्को आलोचना भयो ।
अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई भेटी गभर्नर अधिकारीले आफूलाई निरन्तर असहयोग गरेको, उनैका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै कन्भिन्स गरेपछि देउवाले सोही दिनको मन्त्रिपरिषद् बैठकमा यो निर्णय गराए ।

गठबन्धन बैठकमा चुनावको मुखमा प्रतिपक्ष दललाई हित पुग्ने गरी एकपछि अर्को विवादास्पद निर्णय गर्दा त्यसको प्रत्यक्ष असर चुनावमा पर्ने गठबन्धनका नेताको आँकलन छ ।

गठबन्धनको बैठकमा राज्यको ढुकुटीमा नगद अभाव भएको विषयले पनि प्रवेश पाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x