Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पोखरामा फेवा महोत्सवको प्रमुख आकर्षण, अन्नपूर्ण केबलकार

पोखरामा फेवा महोत्सवको प्रमुख आकर्षण, अन्नपूर्ण केबलकार

काठमाडौं, २९ चैत । पोखरामा थप एक दिन भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगर देखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा छ । नयाँ बर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा अन्नपूर्ण केबुलकार मुख्य प्रायोजक रहेर एक विशेष आकर्षण बनि आगन्तुकहरुको मन जित्ने बताइएको छ ।


पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटबाट आगन्तुकहरुले अन्नपूर्ण माछापुच्छ«े हिमालको श्रृखलासंगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ सुबिधा सम्पन्न होटेलहरुको सेवा तथा जिप फ्लायएरको समेत साहसिक अनुभव लिन सक्नेछन् ।


साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु प्नि हेर्न सक्नेछन् । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x