माछापुच्छ«े बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबिएल एम स्मार्ट
काठमाडौं, २९ चैत । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ«े र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ्ग एप, एमबिएल एम स्मार्टको सुरुवात गरेको छ । यस अघि माछापुच्छ«े मोबाईल मनीको रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि एमबिएल एम स्मार्टको रुपमा शुभारम्भ गरेको हो ।
सो एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले आफै मोवाईल बाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी किउ आर भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधा रहेको बताइएको छ । बैंकले एमबिएल एम स्मार्ट लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको बताएको छ ।
समय सापेक्ष आफ्ना सेवा सुविधालाई थप पस्किृत र परिमार्जित गर्दै लैजाने रणनिती तथा ग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्य सहित अगाडी बढिरहेको माछापुच्छ«े बैंकले नेपालमै पहिलो पटक वी च्याट पे सुरुवात गरेका थियो । त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट “माया” पनि नेपालमा पहिलो पटक माछापुच्छ«े बैंकले नै शुभारम्भ गरेको हो ।