Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकको एकिकृत कारोबार शुरु

राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकको एकिकृत कारोबार शुरु

काठमाडौं, १९ वैशाख । सरकारी स्वामित्वमा संचालित दुई बैंक राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भएका छन् । मर्जपछि बैंकको एकिकृत कारोबार वैशाख १९ गतेबाट शुरु भएको छ । बैंकको एकिकृत कारोबारको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् । मर्जपछि बैंक राष्ट्रिय वाणिज्य बैंकको नामबाट संचालनमा आउने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकले एक आपसमा गाभ्नका लागि १ बराबर १ कित्ता शेयर अनुपातमा स्वाप रेसियो कायम गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको हाल ८ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने एनआईडिसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x