आजबाट तुलसीराम गौतमले सेञ्चुरी बैंकको नेतृत्व सम्हाल्दै

काठमाडौं, १९ वैशाख । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको पद आजबाट तुलसीराम गौतमले सम्हालेका छन् । गौतमलाई गत चैत्र १ गते बैंकको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा वैशाख १९ गतेबाट नियुक्त गर्ने निर्णय गरेको छ ।
गौतमले आगामी चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हाल्ने छन् । यसअघि गौतम माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।