Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

६.९ प्रतिशतले खुम्चियो बैंक तथा वित्तीय संस्थामा निक्षेपको वृद्धिदर

६.९ प्रतिशतले खुम्चियो बैंक तथा वित्तीय संस्थामा निक्षेपको वृद्धिदर

काठमाडौं, ५ वैशाख । बैंक तथा वित्तीय संस्थामा निक्षेपको वृद्धिदर घटेको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपको वृद्धिदर ४.१ प्रतिशत मात्र रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ११ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ प्रतिशतले बढेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.४ प्रतिशत, २९.१ प्रतिशत र ५५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.४ प्रतिशत, ३४.५ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो ।

फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.८ प्रतिशत रहेको छ । २०७७ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४२.१ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x