Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जेबिल्स फाइनान्सको हकप्रद स्विकृत

जेबिल्स फाइनान्सको हकप्रद स्विकृत

काठमाडौं, २० वैशाख । नेपाल धितोपत्र बोर्डले जेबिल्स फाइनान्सलाई हकप्रद शेयर निष्कासनको लागि स्विकृती दिएको छ । फाइनान्सले १० बराबर ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार ६५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि पौष ३ गते आवेदन दिएको थियो । यस्तै उक्त हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरिएको छ ।

हकप्रद शेयरको पुँजीकरण पछि फाइनान्सको चुक्ता पुँजी ८० करोड ९१ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ५७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x