Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

वायुसेवा निगमद्वारा रियादमा सिधा उडान सुरु, एकतर्फी भाडादर ३७ हजार

वायुसेवा निगमद्वारा रियादमा सिधा उडान सुरु, एकतर्फी भाडादर ३७ हजार

काठमाडौं, १० वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियादमा सिधा उडान सुरु गरेको छ। निगमको वाइड बडी ए ३३० जहाजले रियादमा शुक्रबारबाट शुभारम्भ उडान भरेको हो।

उद्घाटन उडानमा विभिन्न मन्त्रालयका उच्च अधिकारी, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका प्रतिनिधि, व्यवसायीलगायत सहभागी भएका हुन्। निगमका अध्यक्ष अधिकारीले विविध बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान सुरु गरिएको बताए।

काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार रुपैयाँ कायम गरिएको जनाइएको छ। निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताइन्। निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *