Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

स्थानीय चुनाव अगाडि नै मेलम्ची पानी

स्थानीय चुनाव अगाडि नै मेलम्ची पानी

काठमाडौं, ११ वैशाख । अन्ततः स्थानीय चुनाव अगाडि नै सरकारले मेलम्चीको पानी उपत्यकाबासीलाई वितरण गर्ने भएको छ । उपत्यकाबासीले आज आइतबारदेखि मेलम्चीको पानी पाउने भएका छन् । गत असार १ गते आएको बाढीका कारण रोकिएको पानी वितरण आइतबार बिहान १० बजेदेखि पुनः सुरु हुने भएको हो ।

चैत मसान्तभित्र उपत्यकाबासीलाई पुनः मेलम्ची खानेपानी वितरण गरिने सरकारी घोषणा भएपनि बैशाखको दास्रो सातामा पानी वितरण हुन लागेको हो । अहिले १२ बजेदेखि उत्यकाका अधिकांश क्षेत्रका बासिन्दाले मेलम्चीको पानी खान पाउने भएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले पत्रकारहरुलाई जानकारी दिए ।

मर्मतपछी पुनः वितरण गर्न सफल भएको समेत उनले बताए । मेलम्ची खानेपानी आयोजनाले मिनभवनमा रहेको १ नम्बर ट्यांकीबाट वितरण सुरु गर्ने तयारी रहेको समेत आचार्यको भनाई छ । पानी वितरणको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्ने छ ।

मिनभवनबाट सुरु भएसँगै कीर्तिपुर, खुमलटार, भक्तपुरको बोडे, स्वयम्भु, बालाजु, नयाँ बजार, कालीमाटी, अनमानगर, महाराजगन्जलगायत क्षेत्रमा आइतबारदेखि नै वितरण सुरु गरिनेछ । गत वर्ष नै परीक्षण भइसकेको ४१० किलोमिटर पानीको वितरण प्रणालीमा मेलम्चीको पानी पठाइने खानेपानी मन्त्रालयको दाबी छ ।

पानीको पाइप फुट्न सक्ने भन्दै प्रहरी सहितको ¥यापिड टोलीसमेत खटाइएको योजना छ । आउने मनसुनसम्म मेलम्चीको पानी दैनिक १७ करोड लिटर उपत्यकामा आउने छ । मेलम्चीको पाइन ११ सय किलोमिटर विस्तार गर्ने लक्ष्य भएकोले बाँकी विस्तार नभएसम्मका लागि पुरानै वितरण प्रणालीमार्फत पानी पठाइनछ । २७ किलोमिटर लामो सुरूङ भरिएपछि सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानी आएको र त्यसपछि काठमाडौं उपत्यकामा थोक वितरण सम्भव भएको हो ।

दशकौंपछिको प्रयासबाट ३० अर्ब रुपैयाँ खर्चिएपछि २०७७ चैत १५ गते परीक्षणको रूपमा उपत्यकामा मेलम्चीको पानी ल्याई सोही महिनाको २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक रूपमा पानी वितरण सुरू गरिएको थियो ।

जेठ मसान्तसम्म परीक्षणको रूपमा भए पनि काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण भएको थियो । तर, २०७८ असारमा सुरूङको परीक्षणकै क्रममा मेलम्चीमा आएको बाढीका कारण पुनः आयोजना प्रभावित भएको थियो । असार र साउनमा गरी २ पटक आएको बाढी तथा पहिरोका कारण आयोजना स्थलमै प्रभाव परेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x