Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियानको टोली पुग्यो आधार शिविरमा

नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियानको टोली पुग्यो आधार शिविरमा


काठमाडौं, १२ वैशाख । नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान– २०२२’ को टोली चार वटा हिमालका आधार शिविरमा पुगेका छन् । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारीकासाथ उक्त टोली त्यहाँ गएको हो ।


सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेको नेपाली सेनाले बताएको छ ।


बेस क्याम्प पुगे पश्चात् उक्त टोलीले फोहोर संकलन कार्य सुरु गरेको जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हिमाल सफाइ अभियान यही वैशाख २२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *