Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विदेशी विनिमय सञ्चितिमा थप चाप पर्ने छ- गभर्नर अधिकारी

विदेशी विनिमय सञ्चितिमा थप चाप पर्ने छ- गभर्नर अधिकारी

काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको बाह्य क्षेत्र दबाबमा परेकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा गभर्नर अधिकारीले कोभिड प्रभावित अर्थतन्त्र लयमा फर्कँदै गएपनि बाह्य क्षेत्रको दबाब कायमै रहेकाले त्यसको व्यवस्थापनका लागि थप उपायहरु अबलम्बन गर्न तयार रहेको बताए ।

कोभिड संक्रमण घट्दै गएकाले अर्थतन्त्रको माग अझै बढ्ने भएकाले विदेशी विनिमय सञ्चितिमा थप चाप पर्ने बताए ।

यस्तै कार्यक्रममा पूर्व गभर्नर डाक्टर तिलक रावलले कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि सरकारले बजेट मार्फत केही गर्न नसकेका बेला राष्ट्र बैंकले मौद्रिक नीति मार्फत राहत दिएको बताए । अर्थतन्त्र संकटमा रहेका बेला राष्ट्र बैंकले धेरै राम्रा कामहरु गरेको भन्दै केही गर्न नसकेको भनेर आलोचना गर्नु गलत भएको उनको तर्क छ । उनले सरकारले राष्ट्र बैंकको स्वयतता माथि हस्तक्षेप गरेकोमा सरकारको आलोचना समेत गरे ।

संकटमा रहेको अर्थतन्त्रको सुधार कसैलाई आरोप लगाएर वा भाषण गरेर सुधार नहुने भन्दै सुधारका प्रयास थाल्न समेत सरकारलाई सुझाव दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x