धुम्बाराही व्यवसायी समितिको अध्यक्षमा एम. बी. श्रेष्ठ
काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिका वडा नंबर ४ धुम्बाराही स्थित धुम्बाराही व्यवसायी समितिको संस्थापक अध्यक्षको रुपमा एम. बी. श्रेष्ठ सर्वसम्मत नियूक्त भएका छन ।
व्यवसायी र घरधनी संग सामन्जस्यता कायम गर्न, भाडामा एकता ल्याउन, धुम्बाराही लाई स्वच्छ बनाउन तथा सामाजिक कार्य गर्न सो समितिको गठन भएको अध्यक्ष एम. बी. श्रेष्ठले बताएका छन ।
वैशाख १९ गते सोमबार बसेको एक भेला बाट उनी अध्यक्ष निर्वाचित भएका हुन भने सो तर्दथ समितिमा ७ जना छन ।