Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

मेट गालामा आमासँगै आएका मस्कले भने– ट्विटरलाई समावेशी बनाउँछु

मेट गालामा आमासँगै आएका मस्कले भने– ट्विटरलाई समावेशी बनाउँछु

काठमाडौं, २० वैशाख । सामाजिक सञ्जाल ट्विटर ४४ अर्ब डलरमा किन्ने पक्का गरेका संसारका धनी इलोन मस्क मंगलबार एक फेसन प्रदर्शनीमा आफ्नी आमासँगै पुगेका थिए । न्युयोर्क सहरमा भइरहेको यो वर्षको मेट गालामा सुपरमोडल आमा माये मस्कसँगै उनी देखिएका हुन ।
मस्कको हँसिलो मुद्रामा रेड कार्पेटमा हिँडिरहँदा उनले पारेको हँसिलो अनुहारको रुपरंगले मानिसहरुलाई चकित बनायो । उनि स्पेस एक्सका मालिक त्यहाँ अनौठो मुद्रामा प्रस्तुत भएका थिए । केही मानिसहरुले यसलाई चासो दिएर हेरेका थिए भने केहीलाईरुचि नै भएन ।


एक प्रयोगकर्ताले मस्कको उक्त दृश्य भिडियोमा कैद गर्दै सेयर गरेका छन । त्यहाँ उनले भनेका छन । ‘मेरो पूरै सम्पत्ति यही मान्छेको हातमा छ१’ मेट गालाको आफ्नो अवतारबारे उनी स्वयंले पनि लेखेका छन । ‘मेटमा हँसिलो मुद्रा बनाउँदै१’
उक्त कार्यक्रममा उनी क्लासिक कालो कोटयुक्त पहिरनमा आएका थिए ।

सो क्रममा उनले मिडियासँग पनि कुरा गर्दै ट्विटरलाई अहिलेभन्दा व्यापक बनाउन चाहेको र धेरैमाझ विस्तार गर्ने बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x