Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम अन्तर्गत युएस डिर्पामेन्ट अफ एग्रीकल्चर युएसडिए बाट सूचीकृत

नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम अन्तर्गत युएस डिर्पामेन्ट अफ एग्रीकल्चर युएसडिए बाट सूचीकृत

काठमाडौं, २३ वैशाख । नबिल बैंकले युएस डिर्पामेन्ट अफ एग्रीकल्चर युएसडिए द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी जिएसएम १०२ कार्यक्रम अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिए संग सम्झौता गरेको छ । बैंकले युएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।


यो व्यवस्थासंगै बैंकले युएसडिए बाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्ने र सो कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न बैंकले ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहन नपर्ने बताइएको छ । यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्ने समेत बताइएको छ ।


युएसडिए को निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुङ्गा भएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *