Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

निर्वाचनका दिन बुद्धको नियमित उडान बन्द

निर्वाचनका दिन बुद्धको नियमित उडान बन्द

काठमाडौं, २३ वैशाख । निजी वायुसेवा कम्पनी बुध्द एयरले स्थानीय तहको चुनावका दिन वैशाख ३० गते आफ्नो सबै उडान बन्द गर्ने भएको छ ।

यो दिन सार्वजनिक सवारीसाधन सबै बन्द हुने हुँदा यात्रु सहजतालाई मध्यनजर गर्दै यो दिनको सबै उडान बन्द गरिएको कम्पनीका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले बताए ।

‘विगतमा पनि चुनावको दिन नियमित तर्फको व्यवसायिक उडान बन्द गर्नका लागि सरकारले पत्राचार गरेको हुन्थ्यो। आधिकारिक पत्राचार भने आउन बाँकी नै छ’ कर्णले भने ।

उडान नै बन्द हुने भएपछि कम्पनीले वैशाख ३० का दिन टिकट काटेका यात्रुलाई धमाधम सूचना जारी गर्दै रिसेड्युल वा रिफन्ड गरिने जानकारी गराइएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x