Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

होण्डाको बिक्रेता स्याकरको बिजनेश ४७ प्रतिशतले बढ्यो, बजार हिस्सा २८ प्रतिशत

होण्डाको  बिक्रेता स्याकरको बिजनेश ४७ प्रतिशतले बढ्यो, बजार हिस्सा २८ प्रतिशत


काठमाडौं, २९ वैशाख । दुई पांग्रे सवारी साधन होण्डाको आधिकारिक बिक्रेता स्याकर कम्पनीको व्यवसाय ४७ प्रतिशतले बढेको छ । कम्पनीका अनुसार सन् २०२२ को ६ महिनामा कम्पनीको व्यवसाय ४७ प्रतिशतले बढेको हो ।


कम्पनीले सन २०२१ मा १३ अर्ब ४२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । जुन सन २०२० को तुलनामा १७ प्रतिशतले बढी हो । कम्पनीले सन २०२० मा ११ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
त्यसैगरी कम्पनीले सन २०१९ मा १४ अर्ब १८ करोड ८० लाख रुपैयाँ र सन २०१८ मा १३ अर्ब ९७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले दुई पांग्रे सवारी साधनमा उच्च प्रतिष्पर्धा रहेको उल्लेख गरेको छ । कम्पनीले बजाज, यामाहा र टिभिएसका साथै नयाँ आएका ब्राण्डसँग चर्को प्रतिष्पर्धा हुँदा पनि २९ प्रतिशत बजार हिस्सा आगेटेको बताएको छ ।
कम्पनीको कुल आम्दानीमा सबैभन्दा धेरै हिस्सा डियो स्कुटरको रहेको छ । पछिल्लो ४ वर्षमा डियो बिक्रीबाट हुने आम्दानी कुल हिस्साको ३४ प्रतिशत छ ।
सरकारले हालै २५० सीसी क्षमताभन्दा माथिमा दुई पांग्रे सवारी साधनको आयात रोक्ने निर्णयको असर कम्पनीको व्यवसायमा सामान्य पर्ने देखिएको छ । कम्पनीका अनुसार २५० सीसी क्षमताभन्दा बढीका मोटरबाइकको हिस्सा ७ प्रतिशत छ ।
कम्पनीको सन् २०२१ को आम्दानीमा दुई पांग्रे सवारी साधनको हिस्सा ९२ प्रतिशत, स्पेयर र सर्भिसबाट ७ प्रतिशत र बाँकी प्यासेञ्जर भेहिकल र पावर प्रडक्टको बिक्रीबाट प्राप्त भएको छ ।
कम्पनीले हालै ९ अर्ब ९० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीसँग मुलुकभर १६ वटा आफ्नै शोरुमसहित १२६ वटा आउटलेट सञ्चालनमा छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x