टिकट बिक्रीमा एकद्वार प्रणाली लागु भएपछि व्यवस्थित बन्दै नयाँ बसपार्क

काठमाडौं, २४ बैशाख । प्राय : सधै अस्तव्यस्त र यात्रुहरुको तानातान हुने काठमाडौंको गोंगबु स्थित नयाँ बसपार्कको टिकट काउन्टर क्षेत्र पछिल्लो दुई दिन देखि निकै व्यवस्थित छ । सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट तोड्ने क्रममा बसपार्कमा रहेको विभिन्न समितिका टिकट काउन्टरलाई हटाइ टिकटमा एकद्वार प्रणाली लागु गरेपछि सो क्षेत्र व्यवस्थित बनेको हो ।

अहिले सरकारले बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्धेश्यि सहकारीले नै बिक्रीका लागि आफ्नै काउन्टर राखेको छ । टिकट काट्नका लागि अहिले सहकारीका ड्रेस लगाएका कर्मचारीहरु खटाइएका छन् । उनीहरुले यात्रुले चाहेको कम्पनीको बसको टिकट काटिदिने छन् ।

योसँगै टिकट खरिदमा दलालहरुको रजगज पनि अन्त भएको भन्दै यात्रुहरु पनि थप खुसी भएका छन् । यात्रुहरु तानातान गर्ने र ठग्ने प्रबृति समेत अन्त भएको भन्दै उनीहरुले अन्य क्षेत्रमा पनि रहेको सिन्डीकेट हटाउन सरकारसँग आग्रह गरे ।
यस्तै लोत्सेले अनलाइन टिकट वुकिङ प्रणाली पनि लागु गर्ने गृहकार्य थालेको जनाएको छ । निकट भविष्यमा नयाँ वसपार्कबाट छुट्ने कम्पनीका बसहरुलाई एकीकृत गरेर अनलाइन टिकेटिङ सुरु गर्ने तयारी भइरहेको लोत्से व्यवस्थापनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *