शेयर बजारमा ३५ लाख ७ हजार ९०५.६२ कित्ता शेयर थपियो
काठमाडौं, २६ वैशाख । नेपाल स्टक एक्सचेन्जमा आज तिन सुचिकृत कम्पनीहरुको ३५ लाख ७ हजार ९०५.६२ कित्ता शेयर सुचिकृत भएका छन् । नेप्सेमा आज कन्काई विकास बैंक, काबेली विकास बैंक र श्रि इन्भेष्टमेन्टको शेयर सुचिकृत भएका हुन् ।
कन्काई विकास बैंकको २ लाख ९० हजार कित्ता बोनस शेयर सुचिकृत भएका छन् । यस्तै नेप्सेमा काबेली विकास बैंकको ३ लाख ५० हजार ६८० कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् । साथै श्रि इन्भेष्मेन्टको पनि २८ लाख ६७ हजार २२५.६२ कित्ता हकप्रद शेयर सुचिकृत भएका हुन् ।