Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

गैरकानुनी धन्धाको आरोपमा लक्ष्य होल्डिङसको खाता रोक्का

गैरकानुनी धन्धाको आरोपमा लक्ष्य होल्डिङसको खाता रोक्का

काठमाडौं, १९ जेठ । लक्ष्य होल्डिङसले गैरकानुनी तवरले सर्वसाधारणबाट ठूलो रकम उठाइरहेको आरोप लगाउँदै नेपाल राष्ट्र बैंकले उसको बैंक खाता रोक्का गरेको छ ।

गोल्डम्यान र लक्ष्यले गैरकानुनी रुपमा पैसा उठाएपछि बोल्यो धितोपत्र बोर्ड, दियो कारबाहीको चेतावनी समेत दिएको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरी लक्ष्य इन्भेष्टमेन्टको खाता रोक्का गर्न निर्देशन दिएको हो । खाता रोक्का भएकाले लक्ष्यले अब कुनै पनि बैंकबाट कारोबार गर्न नपाउने भएको छ ।

लक्ष्य होल्डिङमाथि थप अनुसन्धान बढाउन धितोपत्र बोर्डद्वारा सीआईबीलाई पत्राचार
सेयर लगानीकर्तामाझ लोकप्रिय डा. केशव श्रेष्ठ अध्यक्ष रहेको लक्ष्य होल्डिङले नियमविपरीत देशभरबाट सार्वजनिक आह्रवान गरेर पैसा असुलेको पाइएपछि अर्थ मन्त्रालयलाई जानकारी र सीआईबीलाई अनुसन्धान गर्न बोर्डले सिफारिस गरेको हो ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानबाट गैरकानुनी रुपमा सर्वसाधारणबाट पैसा उठाएको देखिएपछि लक्ष्यमाथि थप अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीआईबी) लाई पत्राचार गरिसकेको छ । सीआईबीले लक्ष्यमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

अमुख कम्पनी खडा गर्ने, सर्वसाधरणलाई त्यसको सेयर बिकाउने र त्यहाँबाट मनग्य आम्दानी गर्ने रणनीति बनाएर श्रेष्ठ अघि बढेको बोर्डको अनुसन्धानबाट खुलेको छ । सूचीकृत नै नभएको कम्पनीको सेयर मूल्य ३ वर्षभित्र ५ हजार रुपैयाँ पुर्याउने भनेर लगानीकर्तासँग ठूलो रकम उठाएको देखिएको छ ।

अमुख कम्पनी खडा गर्ने, सर्वसाधारणलाई त्यसको सेयर बिकाउने र त्यहाँबाट मनग्य आम्दानी गर्ने रणनीति बनाएर लक्ष्यका अध्यक्ष केशव श्रेष्ठ अघि बढेको बोर्डको अनुसन्धानबाट खुलेको हो । सूचीकृत नै नभएको कम्पनीको सेयर मूल्य ३ वर्षभित्र ५ हजार रुपैयाँ पुर्याउने भनेर लगानीकर्तासँग ठूलो रकम उठाएको देखिएको छ ।

श्रेष्ठ सेयर लगानीकर्तामाझ लोकप्रिय व्यक्ति हुन । अध्यक्ष श्रेष्ठले न्यूनतम ५ लाख रुपैयाँको सेयर किन्नुस यति वर्षपछि प्रतिफल दिन्छौ भनेर भ्रामक विज्ञापन गरेर सेयर बेचाउने कार्य भइरहेको अनुसन्धानबाट देखिएको छ ।

बोर्डले सीइआईबीलाई अनुसन्धान गर्न पत्राचार गर्नेबाहेक धितोपत्र बोर्ड ऐनसमेत लक्ष्यमाथि आकर्षित गर्ने बताएको छ । वित्तीय अपराधअन्तर्गत सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाउँछ भने बोर्ड ऐनअनुसार थप अनुसन्धान गरिरहेको छ ।

लक्ष्य होल्डिङले पनि गैरकानुनी रुपमा सर्वसाधरणबाट ठूलो रकम उठाएको बोर्डको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *