Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सुचना प्रणाली

जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सुचना प्रणाली

काठमाडौं, १९ जेठ । जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य–सूचना प्रणाली थप परिस्कृत बनाएको छ । अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ ।

यसले बिरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुने अस्पतालले जनाएको छ । साथै अस्पतालले स्वास्थ्य–सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बिमा तथा डिएचआईएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु पनि कार्यान्वयन गरेको छ ।

स्वास्थ्य बिमा बोर्डद्वारा प्रवद्र्धन स्वास्थ्य बिमामा आबद्व बिरामीहरुको इलिजिबिलिटी अर्थात् बाँकी बिमा सुविधा रकम हेर्न सकिने र बिमा दाबी पनि ईएमआर सफ्टवेयरमार्फत डिजिटल रुपमै गर्न सकिने गरी इन्टिग्रेटेड सिस्टम सुरु गरेको छ । बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य–सूचना प्रणालीबाट सीधै बिरामीको बिल अपलोड गर्न सकिने भएको छ । यसले गर्दा समयको बचत हुनाका साथै विगतमा जस्तो तोकिएको समय सीमाभित्र बिमा दाबी गर्न नसक्दा अस्पतालले नोक्सान व्यहोर्नुपर्ने समस्याको समाधान हुने अस्पतालको भनाइ छ ।

त्यसैगरी, डिएचआइएस–२ इन्टिग्रेसनले अस्पताल सूचना प्रणालीलाई नेपाल सरकारको एचएमआइएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको छ । अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सूचना प्रणालीमार्फत डिएचआईएस–२ प्लेटफर्ममा सीधै मासिक रिपोर्टहरु पठाउन सकिने भएको छ । यसले गर्दा विगतमा जस्तो प्रत्येक शाखाबाट डाटा संकलन गरी डिएचआईएस –२ प्लेटफर्ममा म्यानुअल डाटा इन्ट्री पनि गर्नु नपर्ने अस्पतालले बताएको छ ।

यसबाहेक अस्पतालले बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुचारु गर्ने तयारीसमेत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *