सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बरप्लेट राख्नु पर्ने
काठमाडौं, २० जेठ । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न भनेको छ ।
विभागले शुक्रबार एक सुचना जारी गर्दै असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट (आधुनिक प्रविधिको प्रयोग मार्फत सवारी साधन नियमन गर्ने प्रणाली) राखिसक्न भनेको छ ।
बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागको भनाइ छ। इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो छ। तर, पूर्ण कार्यान्वयन भएको थिएन ।
यस्तै २ पांग्रे सवारीमा यातायात व्यवस्था कार्यालय गुर्जुधारामा गएर इम्बोस्ड नम्बर जडान गर्न सकिनेछ । ३ पांग्रे र र साना मझौला ४ पांग्रे सवारीलेसवारी परीक्षण कार्यालय, टेकुमा गएर यस्तो नम्बर प्लेट जडान गर्नुपर्नेछ ।
ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवनमा जडान स्थल तोकिएको छ ।