बैंकको निष्क्रिय कर्जामा राष्ट्र बैंकको आशंका
काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको गरेको निष्क्रिय कर्जा अनुपातमा आशंका गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको एनपीएल वास्तविक नभएको केन्द्रीय बैंकले निश्कर्ष निकालेको छ ।
वाणिज्य बैंकका अध्यक्ष तथा अडिट समितिका संयोजक रहेका सञ्चालकहरुलाई बैंकहरुले सार्वजनिक गरेको निष्क्रिय कर्जा तथ्यांक सही नभएको र सुक्ष्म रुपमा हेर्न निर्देशन दिएको हो ।
अहिले अडिट समितिले शाखाको मात्रै अडिट गर्ने गरेको भन्दै केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणको पनि अडिट गर्न निर्देशन दिएको सहभागीले जनाएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोली केही समयपछि नेपाल अटिडका लागि आउँदै छ । त्यो बेला असर पर्ने भन्दै राष्ट्र बैंककले वाणिज्य बैंकलाई सही निष्क्रिय कर्जा निकाल्न निर्देशन दिएको हो ।
गभर्नर अधिकारीले बैंकहरुले जथाभावी कर्जा प्रवाह गरेकाले उनीहरुको रिकोभरी राम्रो देखिएको नभएर सबै बैंकको सीमाभित्रै रहेको उल्लेख गर्दै निश्किृय कर्जाको व्यवस्थापन गर्न भनेका छन् ।
गभर्नर अधिकारीले असारमसान्तसम्म मर्जमा जाने बैंकहरुले सुविधा पाउने उल्लेख गरे ।