सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, २४ जेठ । यस साताको तेस्रो कारोबार दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
सोमबार कारोबार भएको तुलनामा आज मंगलबार छापावाला सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी महासघंले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै हिजो सोमबार छापावाला सुन प्रतितोला ९८ हजार १ सय र चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज मंगलबार सुनचाँदीको मूल्य घटेर सुन प्रतितोला ९७ हजार ५ सय र चाँदीको प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।