Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कोकाकोलाको नयाँ क्याम्पेन : कोक उठाउँ, आफुलाई जगाउँ

कोकाकोलाको नयाँ क्याम्पेन : कोक उठाउँ, आफुलाई जगाउँ

काठमाडौं, ३१ जेठ । कोका–कोलाले नेपालमा आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण शुरू गरेको छ ।
यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफुलाई जगाउँ’ रहेको छ, जसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिने कम्पनीले जनाएको छ ।


‘यो क्याम्पेनको उद्धेश्य उपभोक्ताहरूलाई दिँउसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो,’ कम्पनीले भनेको छ ।

कोका–कोला नेपालले नयाँ टिभीसी सार्वजनिक गरेको छ जसमा मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको छ ।
टिभीसीमा अदिति दिउँसोको पट्यारलाग्दो समयमा आफ्नो साथीलाई स्कुलको हल–वेमा पर्खिरहेको देख्न सकिन्छ । त्यसै क्रममा उनको साथी दुईवटा कोक लिएर अदितितर्फ गईरहेको देख्न सकिन्छ ।

अदिति चिसो कोका–कोला पिउँछिन् अनि कोका–कोलाको रिफ्रेसिङ्ग स्वादले तुरुन्तै अपलिफ्ट हुन्छिन् । रीफ्रेस्ड भएकी अदिति र उनको साथी दुवैजना खुशी हुँदै आफ्नो बाटो लाग्छन् ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने,‘हामीले यो क्याम्पेन मार्फत हाम्रा उपभोक्ताहरूलाई उहाँहरू जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले उहाँहरूलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौं ।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबै जनालाई दिँउसोको समय अल्छि लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरूलाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x