सिनर्जीले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं, ३१ वैशाख । नेपाल धितोपत्र बोर्डले सिनर्जी फाइनान्सलाई हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ । फाइनान्सले १ बराबर ०.२५ अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो ।
फाइनान्सले ११ करोड ८६ लाख २ हजार २४७ रुपैयाँ बराबरको ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यस हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । फाइनान्सले हकप्रद शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
हकप्रद पछि फाइनान्सको चुक्ता पुँजी ५९ करोड ३१ लाख रुपैयाँ पुग्नेछ । फाइनान्सको हाल चुक्ता पुँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।