प्रभु इन्स्योरेन्सले पायो ४६ प्रतिशत हकप्रद शेयरको अनुमति
काठमाडौं, ३१ वैशाख । प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्विकृती पाएको छ । कम्पनीले १ बराबर ०.४६ कित्ता अर्थात ४६ प्रतिशत हकप्रद शेयर निष्कासनको स्विकृती पाएको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको ३१ करोड ६६ लाख ६७ हजार ७६३ रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले निष्कासन गर्ने हकप्रद शेयर पछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ६८ करोड ४८ लाख रुपैयाँ रहेको छ ।