Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वोमी माइक्रोफाइनान्सको हकप्रद शेयर जेठ १६ गतेबाट

वोमी माइक्रोफाइनान्सको हकप्रद शेयर जेठ १६ गतेबाट

काठमाडौं, ३१ वैशाख । वोमी माइक्रोफाइनान्सले जेठ १६ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । माइक्रोफाइनान्सले उक्त हकप्रद शेयरको बिक्री बन्द असार १९ गते गर्ने जनाएको छ ।

माइक्रोफाइनान्सले १० बराबर ३ कित्ता अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २८० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस हकप्रद शेयरको आवेदन माइक्रोफाइनान्सको सम्पुर्ण शाखाहरु, सिद्धार्थ क्यापिटलको कार्यलय नक्साल र आस्वा प्रणालीका सम्पुर्ण सहभागी बैंक तथा वित्तीय संस्थामार्फत दिने सकिने जनाइएको छ ।

हकप्रद शेयर निष्कासन पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ७ करोड ७७ लाख रुपैयाँबाट १० करोड १० लाख रुपैयाँ पुग्ने छ । हकप्रद शेयर निष्कासनको लागि वोमी माइक्रोफाइनान्सको जेठ २ गते शेयर दर्ता किताब बन्द हुने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x