Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी : मन्त्री यादव

रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी : मन्त्री यादव

काठमाडौं, १५ असार । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताएका छन् । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने अन्योल रहेकोले सोच्ने बेला भएको बताए ।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आज आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवले बताए । मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताए । भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिए ।

अहिले कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उनले डिएपी भने पुग्ने र आउने क्रममा रहेको मन्त्री यादवले बताए । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थ आयात गरेजस्तै मल आयात गर्नुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x