Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आइएमई इन्स्योरेन्स र ग्यालेक्सी क्लिनिक बीच सेवामा छुट सम्झौता

आइएमई इन्स्योरेन्स र ग्यालेक्सी क्लिनिक बीच सेवामा छुट सम्झौता

काठमाडौं, १९ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालक्सी स्पेसियालिटी क्लिनिक पिभिटी. एलटिडी. बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालक्सी स्पेसियालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका हुन । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई ग्यालक्सी स्पेसियालिटी क्लिनिक महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सरे, यूएसजी, इसिजी, इको लगायतका सेवाहरुमा १० प्रतिशत सम्म र ओपिडी सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालक्सी स्पेसियालिटी क्लिनिकसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x