Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईबीएल एस क्यापिटलको शेयर बजार सम्बन्धि तालिम

नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईबीएल एस क्यापिटलको शेयर बजार सम्बन्धि तालिम

काठमाडौं, १९ असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिकहरुको लागि विद्युतीय माध्यमद्वारा शेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सञ्चालन गरेको छ ।


माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी भन्ने मूल उद्देश्यको साथ यस क्यापिटलले गत १७ गते यो सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकका स्वेदश तथा विदेशमा रहेका पदाधिकारीहरुको साझेदारीमा उपस्थित सहभागिहरुको विभिन्न जिज्ञासाहरु सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरिएको बताइएको छ ।


उक्त कार्यक्रम मार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र बोक्रर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्ने बारे पनि जानकारी गराएको छ । साथै उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत प्राप्त गरिएको र भविष्यमा समेत यस्ता सचेतनामूलक कार्यक्रम संचालन गरिने यस क्यापिटलले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x