Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से परिसूचक २३.८३ अंकले बढ्यो

नेप्से परिसूचक २३.८३ अंकले बढ्यो

काठमाडौं, ४ साउन । यस साताको चौंथो कारोबार दिन बुधबार शेयर बजार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २३.८३ अंकले बढेर २१११.९९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.१४ प्रतिशतले बढी हो ।


बुधबार २२७ कम्पनीको ७५ लाख ८ हजार रुपैयाँको शेयर किनबेच हुँदा ३ अर्ब १६ करोड १४ लाख ५५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ४.५३ अंकले बढेर ४०२.९२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.१४ प्रतिशतले बढी हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समूहका कम्पनीको कारोबार बढेको छ भने १ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै माइक्रोफाइनान्स समूहका कम्पनीको कारोबार १०७.७३ अंकले बढेर ४८४३.९१ अंकमा पुगेको छ । आज कारोबार घटेको व्यापार समूहका कम्पनीको १२.०४ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x