Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपाल बैंक र एनसेल बीच डाटा शुल्क छुट सम्झौता

नेपाल बैंक र एनसेल बीच डाटा शुल्क छुट सम्झौता

काठमाडौं, ११ साउन । नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटा बीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौंमा साउन १० गते मंगलबार आयोजित एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुबिधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन । डिजिटल बैकिङ्गलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एनसेलसंग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई यस बैंकको मोवाइल बैकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुशि व्यक्त गरेका थिए ।

बैंकले नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x