Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब बढी

नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब बढी

काठमाडौं, १६ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि रु ४१ अर्ब ८५ करोड ९२ लाख बजेट विनियोजन गरेको छ।

प्राधिकरणले सञ्चालक समितिको बैठकले पारित गरेको उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो। प्राधिकरणको साउन ८ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बैठकले आगामी आवको बजेट स्वीकृत गरेको गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले पहिलो पटक पोखरा विमानस्थलमा सञ्चालक समितिको बैठक राखेर बजेट तथा कार्यक्रम बनाएको बताए।

उनले आवको सुरुमै बजेट पारित भएकाले पूँजीगत खर्च र प्राधिकरणले गर्नुपर्ने विकास खर्च सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

प्राधिकरणको बजेटले विमानस्थलको पूर्वाधार विकास, विमानस्थल सञ्चालन, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण लगायतका काम बजेटको प्राथमिकतामा राखेको छ। उक्त प्रयोजनका लागि प्राधिकरणले रु २६ अर्ब ८२ करोड पूँजीगततर्फ बजेट विनियोजन गरेको छ।

प्राधिकरणको कूल बजेटमा आम्दानी रु १४ अर्ब ३२ करोड रहेको छ। सरकारको ऋण तथा शेयर रु १२ अर्ब २४ करोड छ। नेपाल सरकारबाट प्राप्त हुनुपर्ने रु ८६ करोड, २०७९ जेठसम्म बढी भुक्तानी भएको मूल्य अभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता पाउनुपर्ने तीन अर्ब एक करोड छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x