सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्दै
काठमाडौं, १६ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता भएको छ ।
दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएको छ ।
सेञ्चुरी बैंकलाई कहिले प्राप्ति गर्ने भनेर समय चाहिँ तोकिएको छैन ।