सी–आस्वा सेवा प्रभावकारी बनाउन धितोपत्र बोर्डले दियो निर्देशन

काठमाडौं, ७ जेठ । सी–आस्वा प्रणालीको लागुसंगै यसको प्राविधिक पक्षमा आएको समस्याहरुको गुनासो नेपाल धितोपत्र बोर्डमा आउने गरेको छ । सी–आस्वा प्रयोग गर्दा सी–आस्वा सफ्टवेयर मा समय समयमा कनेक्टिभिटी जाने तथा सिस्टम ह्याङ हुने जस्ता समस्याको गुनासो धितोपत्र बोर्डमा पुगेको छ । यस सेवालाई प्रभावकारी बनाउन बोर्डले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन दिएको छ ।

बोर्डलले सी–आस्वा सेवा प्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको कनेक्टिभिटी को क्षमतामा अभिवृद्वि गरी निर्वाध रुपमा सी–आस्वा सेवा सुचारु रहने संयन्त्रको बिकास गर्न निर्देशन दिएको छ । यस्तै बोर्डले सी–आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै जानकारी गराउन भनेको छ । सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्न बोर्डले आग्रह गरेको छ । साथै सी–आस्वा प्रदायक वैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्ने÷गराउन समेत निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *