Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल–चीनबीच विद्युत विकासबारे छलफल

नेपाल–चीनबीच विद्युत विकासबारे छलफल

काठमाडौं, ७ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल–चीनबीच विद्युत विकासका दुई देशिय सम्भावना भएका परियोजनाबारे चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग भेटवार्ता गरेका छन् ।

राजदूत पौडेलले चीन नेपालको जलविद्युत तथा प्रसारण लाइन निर्माणमा सहकार्य गर्न निकै उत्सुक रहेको जानकारी गराएको जानकारी दिइएको छ । चीनले पछिल्लो एक दशकमा १ लाख मेगावाट विद्युत उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौडेलले बताएका थिए ।

राजदूत पौडेलले जलविद्युत तथा प्रसारण लाइन निर्माण आयोजनाको विवरण तयार गरेर पठाउन पनि आग्रह गरेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x