Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

नबिल बैंकको नबिल फोनलोन – क्यू आर मर्चेन्ट सुरु

नबिल बैंकको नबिल फोनलोन – क्यू आर मर्चेन्ट सुरु

काठमाडौं, १ भदौ । नबिल बैंकले नेपालमा पहिलो पटक क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्ने बताइएको छ ।


नबिल बैंकले युएनसीडीएफ को सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि यो सुविधा ल्याएको हो । यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्ने र नबिल स्मार्ट बैकिंङ लिनुपर्ने बताइएको छ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट रु १० हजार बराबरको कारोबार गर्नुपर्ने र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्ने बैंकले बताएको छ ।


“यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यू आर कारोबारलाई आधार मानेर हाम्रा क्यू आर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौं,” बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना बताए । उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय बिस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने समेत बताएका छन् ।

शुरुवाती चरणमा व्यवसायीहरुले रु १ लाख सम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरि कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ । यस भन्दा अघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *